Logo

गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गर्न सुन्दरमणि दिक्षितको माग (भिडिओसहित)



काठमाडौं, ९ माघ । नागरिक समाजका अगुवा तथा वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । दिक्षितले गृहमन्त्री लामिछाने आँफै नागरिकताको विषयमा विवादमा फसेको र अदालतमा मुद्दा विचाराधिन भएको अवस्थामा गृहमन्त्री बन्नु गलत भएको तर्क गरे ।

आज (सोमबार) राति प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो माग गरेका हुन् । उनले गृहमन्त्री आँफैले बुझेर राजीनामा दिँदा राम्रो हुने तर्क गरेका छन् । तर, गृहमन्त्री लामिछानेले राजीनामा दिए प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल उनलाई बर्खास्त गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्–‘प्रधानमन्त्रीले तत्काल गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । उहाँलाई पदमा बस्ने नैतिक अधिकार छैन् । नहटाए प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न उठ्छ ।’ दिक्षितले राप्रपा र रास्वपा सरकारमा सहभागी भएर गम्भीर गल्ती गरेको पनि टिप्पणी गरेका छन् । उनले भने,‘रवि र राजेन्द्र सरकारमा गएर महाभूल गरे । मैले रास्वपालाई मतदान गरें । म अहिले पछुताईरहेको छु ।’ उनले विक्रम पाण्डे र डिपी अर्यालजस्ता विवादित व्यक्ति मन्त्री बन्नुपनि गलत भएको टिप्पणी गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्