काठमाडौं, ११ माघ । आगामी राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस रोल्पाका पूर्व सभापति आचार्यलाई उम्मेदवार बनाउने बारेमा आज टुंगो लागेको हो ।
नेता पोखरेलले आज प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर मनोनयन दर्ता गर्ने छन् । राष्ट्रिय सभा सदस्यको रिक्त पदमा आगामी फागुन २५ मा उपनिर्वाचन हुँदैछ । नेकपा (एमाले) बाट निर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।