Logo

सत्ता मोहका कारण कांग्रेस असल प्रतिपक्ष बन्ने सकेन : प्रदीप ज्ञवाली



काठमाडौं, १४ माघ । नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेस सत्ताको पछि लागेको आरोप लगाएका छन् ।

कांग्रेस पद प्राप्ति र सत्ताको मोहमा लागेकोले असल प्रतिपक्षी पनि बन्न नसकेको आरोप लगाए ।

उनले एमालेका उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने पनि ठोकुवा गरे ।

आज (शनिबार) प्रेस चौतारी पाल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ज्ञवालीले सत्ता गठबन्धनको तर्फबाट एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसमा राष्ट्रिय सहमति कायम गर्न कांग्रेस पनि सहभागी हुन सक्ने धारणा राखे । file photo



प्रतिक्रिया दिनुहोस्