काठमाडौं, १४ माघ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने अनागरिक वा राज्यविहीन नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो दाबी गरेका हुन् ।
उनले लेखेका छन्-
धेरैले रवि लामिछाने अनागरिकरराज्य विहिन भएको टिप्पणी गरेको देखियो। नेपालको संविधान, पृष्ठ ४ मा “नेपालको नागरिकता‘प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्ू लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ उनी अनागरिकरराज्यविहिन होइनन्।