Logo

धनकुटा महोत्सबमा भागदौड हुँदा भिडमा च्यापिएर ३ दर्जन बढि घाइते



धनकुटा, माघ १५ । धनकुटा महोत्सबमा आयोजकले टिकट नकाटी दर्शकहरुलाई कार्यक्रम स्थलभित्र छिर्न नदिदा भएको झडप पछि भागदौडमा दर्जन बढि घाइते भएका छन् । घाइते भएका मध्ये अधिकांशको जिल्ला अस्पताल धनकुटामा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

अत्याधिक मात्रामा आएका दर्शकालाई टिकट नकाटी भित्र पस्न आयोजकले नदिएपछि गेटमा भिड हुँदा चेपिएर धेरैजसो घाइते भएका हुन् । अहिले सम्म महोत्समबमा भएको घटनामा कर्सैको पनि मृत्यु भएको सुचना नआएको प्रहरीले जनाएको छ। च्यापिएर ३ जना भन्दा बढि गम्भिर घाइते भएको सूचना आएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका निमित्त प्रमुख ममता सुवेदीले घटनाको विस्तृत विबरण आइनसकेको बताइन् । उनले दर्जन बढि घाइते भएको भन्ने सुचना आएको बताइन् ।

सांगितिक कार्यक्रममम सकिएपछि हाउजी खेलमा भने निशुल्क रुपमा प्रवेश पाउने आशमा कार्यक्रम स्थालको गेटमा सर्वसाधारण बसेका कारण भिड भएको हो । भिड बढि भएपछि पनि महोत्सब आयोजकले कार्यक्रम स्थलमा पस्ने गेट नखोलेपछि झडप भएको र झडपपछि भाग दौड मच्चिएको प्रत्यक्ष दर्शीले बताएका छन् । धनकुटा महोत्सबको आजको कार्यक्रममा गायक प्रमोद खरेल आउने कार्यक्रम थियो ।



प्रतिक्रिया दिनुहोस्