Logo

राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गतेको लागि तय



काठमाडौं, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते गर्ने तय गरेको छ ।

यस्तै, उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते गर्नेगरि मिति तय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न लागेको छ ।

आजै मन्त्रिपरिषद्को बैठक बस्दैछ । सो बैठकमा आयोगबाट सिफारिश भएर आएको मितिबारे निर्णय हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्