Logo

गलत नियतले मलाई सरुवा गरियो : प्रेमकुमार विष्ट (भिडिओसहित)



काठमाडौं, १६ माघ । सर्प उद्धार तथा संरक्षणकर्ता प्रेमकुमार विष्टले आफूलाई सलकपुर वन समितिबाट सर्लाहीको सागरनाथ वन तालिम केन्द्रमा गलत तवरले सरुवा गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफ्नो जागिरमा सरुवा÷बढुवा नहुने गरेको गुनासो पोखे ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो गुनासो पोखेका हुन् । उनी विगत ३५ वर्षदेखि सो काममा छन् । नेपाल प्रहरीमा १९ वर्ष जागिर गरेका विष्ट अहिले मोरङमा सलकपुर वन समिति (सव डिभिजन कमाण्डर कुमार बस्नेत) सँग मिलेर काम गरेको सुनाए ।

उनले भने,‘म करारको कर्मचारी हुँ । वन छ र पो, हामी छौं । म वन जोगाउन लागेको व्यक्ति हुँ । उपभोक्ताहरुले समितिमा चरम भ्रष्टाचार भनेर निवेदन दिएको थियो, मलाई सुनियोजित ढंगले सुरुवा गरियो । सर्लाहीको सागरनाथ वन तालिम केन्द्रमा सरुवा गरियो । हाम्रो जागिरमा बढुवा र सुरुवा गर्ने नीति छैन् । अन्याय परेकोले म मिडियामा आएको हुँ ।’

उनले यदि वन बचाउने हो भने कमर्चारीहरु एउटै जिल्लामा २५ वर्ष बस्ने गरेका छन्, उनीहरुलाई सुरुवा गरिनुपर्ने आवाज उठाए । उनले सो जिल्लामा कुमार बस्नेत पनि २५ वर्षभन्दा लामो समय बसिरहेको सुनाए । उनले भने,‘उहाँहरुले अख्तियारबाट बच्नको लागि मलाई करारको मान्छेलाई सुरुवा गरियो । मेरो त वन र वन्यजन्तुलाई माया गर्नुपर्छ भन्ने अनुरोध हो ।’



प्रतिक्रिया दिनुहोस्