Logo

गगन थापाले गरे प्रधानमन्त्री प्रचण्डको निर्णयको प्रशंसा



काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले नागरिकको सूचनाको हक नियन्त्रण गर्ने मनसायका साथ ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको कुरा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

आज साँझ सामाजिक सञ्जालमार्फत थापाले यस्तो कुरा बताएका हुन् । उनले भनेका छन्–‘नागरिकको सूचनाको हक नियन्त्रण गर्ने मनसायका साथ ८७ प्रकारका नीतिगत विषय गोप्य राख्ने गरी सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्ने प्रमज्यूको कुरा सकारात्मक छ।निर्णय गर्नेक्रममा भएका यस्ता त्रुटिलाई स्वीकारी सरकारले कार्यान्वयन पूर्व नै सच्याएर फिर्ता लिनु नै उपयुक्त कदम हो।



प्रतिक्रिया दिनुहोस्