Logo

प्रेमप्रसादको न्याय र अन्य माग राखेर झा अनशनमा, पाँचौ दिन पुग्दापनि प्रशासनले चासो देखाएन



झापा, १६ माघ । झापाको बिर्तामोडमा २२ वर्षीय युवा माधव झा आमरण अनसनमा बसेको आज पाँचौं दिन पुरा भएको छ । अनसनको पाँचौं दिन पुरा भइसक्दा पनि प्रशासनले चासो नदिएको उनको गुनासो छ । इलामका प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि आत्मदाह गरेको भोालिपल्टबाट झा आमरण अनसनमा बसेका हुन् ।

अनशनरत झाले बैंक तथा वित्तीय संस्थाको ज्यादतीविरुद्ध आमरण अनसन बसेको जानकारी दिएका छन् । प्रेम आचार्यले न्याय पाउनुपर्ने, बित्तीय संस्थाहरुको गैर जिम्मेवारीबाट आर्थिक क्षेत्रमा परेको नकारात्मक असर र त्यसबाट ब्यवसायीहरुलाई आइपरेको समस्याको समाधानका लागि झाले बिर्तामोडको मुक्तिचोकमा अनशनमा शुरु गरेका हुन् । अनसनको पाँचौ दिनमा आइपुग्दा झाको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

उनको अनशनबारे प्रशासनले भने कुनै चासो देखाएको छैन् । मानव अधिकार एलाइन्स प्रदेश १ का सदस्य दिपक दासले आमरण अनसनबारे स्थानीय प्रशासनल चासो दिन जरुरी रहेको बताए । उनले अनसन बसेका युवाको माग सम्बोधन गर्न स्थानीय प्रशासनले राज्यलाई पहल गर्नुपर्ने बताए ।

आज बिर्तामोडमा क्रियाशिल युवाहरूको संस्था नयाँ चाहना समुहले एक बिज्ञप्ति प्रकाशित गर्दै माधव झाले सुरु गरेको अनशनलाई समर्थन गर्दै माघ १७ गते समर्थनमा मौन जुलुस निकाल्ने निश्कर्ष निकालेको छ । समूहका अध्यक्ष सुरज शेर्पाले सोही दिन बृहत उपस्थितमा समर्थनमा र्याली गरिने छ भने बैंक तथा बित्तीय संस्थाहरुको गलत क्रियाकलापको विरुद्धमा अभियान चालिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्