काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अल्टिमेटम दिएका थिए । तर, प्रधानमन्त्री दाहाल आफ्नो अडानमा रहे । उनले आजको भेटवार्ताको सुरुवातमै गृहमन्त्रालय अब रास्वपालाई दिन नसक्ने अडान सुनाएका थिए ।
उनले गृहमन्त्रालय अहिले आफ्नै नेतृत्वमा राखेका छन् । लामिछाने भने कुनैपनि हालतमा गृहमन्त्रालयको नेतृत्वमा फर्कन चाहन्छन् । यसको लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत दबाब बढाएका छन् ।
ओलीले पनि प्रधानमन्त्री दाहाललाई भेटेर पूर्व सहमतिबमोजिम लामिछानेलाई नै गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिएका थिए । लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म सो मन्त्रालयको नेतृत्व लामिछानेलाई दिन नसकिने प्रचण्डको भनाई छ ।
प्रधानमन्त्री दाहालसँगको भेटवार्ता सुखद् नभएपछि लामिछाने बेचैन छन् । उनले आज ओलीसँग भेटवार्ता गरेका छन् । कतिपयले लामिछानेसँग पूनः गृहमन्त्री बन्न गुहार गरेको भनेर पनि चर्चा गर्न थालेका छन् । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे छलफल भएको बताइएको छ ।
सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग राखेको उनको सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनबीच भएको सहमति कार्यान्वयनको पक्षमा आफू रहेको बताएका थिए ।
रविले ५ बजेसम्मको अल्टिमेटम दिएपछि प्रधानमन्त्री प्रचण्ड फायर, कुनै हालतमा गृहमन्त्री नदिने जवाफ
प्रचण्डलाई रबिको धम्की : ‘साँझसम्म गृहमन्त्री नबनाए सरकार छोड्छौं’
प्रधानमन्त्री दाहाललाई रविले दिएको अल्टिमेटम सकिन अब एक घण्टा बाँकी, रास्वपा सरकारबाट बाहिरिएला त ?