काठमाडौं, २१ माघ । नेकपा (एकीकृत समाजवादी) ले माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले उम्मेदवार नउठाउने स्पष्ट पारेका छन् । यसअघि कांग्रेससहितको विपक्षी गठबन्धने माधव नेपालको दलबाट उपाध्यक्षको उम्मेदवारी दिने चर्चा थियो । तर, नेपालले त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पारे ।
आज (शनिबार) बिहान सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकबा बाहिरिने क्रममा अध्यक्ष नेपालले विपक्षी सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने तयारी भएको सुनाए ।
उनले भने,‘सबै विपक्षीदलसँग कुरा बुझ्ने र साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं, यसका लागि कुनै पार्टी विशेषले उम्मेदवार उठाएर मत मागेको छैन व्यक्तिले माग्ने फरक कुरा हो।’ File Photo/ReportersNepal