Logo

मन्त्रिपरिषदको बैठक बस्दै



काठमाडौं, माघ २३ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आजलाई बोलाइएको छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि यो बैठक बोलाइएको हो। रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँगै गृहमन्त्रालयसहित वन ,स्वास्थ्य तथा जनसंख्या, श्रम तथा सामाजिक सुरक्षा ,र युवा तथा खेलकुद मन्त्रालय छन्।

आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए। उनीहरूको राजीनामापछि कसलाई के जिम्मेवारी भन्ने तोकिएको छैन।

 



प्रतिक्रिया दिनुहोस्