काठमाडौं, २३ माघ । राष्ट्रिय सभाका सदस्य डा. खिमलाल देवकोटाले उर्मिला अर्याल समकालीन महिला आन्दोलनको एउटा हस्ती भएको बताएका छन् । आज (सोमबार) राष्ट्रिय सभाको बैठकमा उमिर्ला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै उनले यस्तो बताएका हुन् ।
‘उर्मिला अर्याल यो मुलूकको अहिलेको महिला आन्दोलनको समकालीन महिलाहरुसँग तुलना गर्दा एकदम उच्च हाइट भएको महिला हुनुहुन्छ,’ उनले भने । अर्यालसँग यसअघि पनि आफूलेृ काम गरिसकेको बताउँदै उनले आगामी दिनमा अध्यक्षको पदमा आउन पनि उनले आग्रह गरेका छन् ।
‘उहाँ जस्ता महिलाहरु अगाडि आउनु पर्छ । एक वर्षपछि सम्माननीय अध्यक्ष लगायत हामी २० जनाको कार्यकाल पनि सकिँदैछ । अब यो अध्यक्ष पदमा माननीय उर्मिला अर्याललगायतका महिला यो पदमा आउनु पर्छ,’ उनले भने । संसारका एक सय ७८ देशमा भन्दा नेपालमा महिलाको उपस्थिति राम्रो रहेको उनले बताए ।