काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिक घटनाक्रमले गर्दा बिदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन् । स्थिरता, समृद्धि र परिबर्तनको निमित्त जनताले आफ्नो मतदानबाट छनौट गरेका राजनितीक दलहरुले सत्ताको छिनाझम्टिमा आफुलाई केन्द्रित गर्नुबाट मुलुक थप सड्ढटग्रस्त बनेको भन्दै थापाले सत्ताको फोहरी खेलमा लिप्प भई दलहरुबाट बिदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको समेत बताए ।
आफू सत्तामा पुग्न र टिक्न बिदेशी शक्तिको आशिर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आबश्यकता भएको उनको जिकिर थियो । काम गरेर बाच्न सकिने अवस्था नभएको , दिनप्रतिदिन अर्थतन्त्र कमजोर बन्दै गएकोमा चिन्ता ब्यक्त गर्दै थापाले समस्याको समाधान गर्न भन्दा थप ब्रम्हलुट गर्न राज्यसत्ता अग्रसर भएबाट मुलुक संकटको दलदलमा भासिएको बताए ।
स्पष्ट बिचार र अलग पहिचान सहित राष्ट्रिय राजनीतिमा स्थापित हुन तथा राष्ट्रियता, लोकतन्त्र र जनजिबिकाको बिषयलाई जोडदार ढङ्गबाट उठाउन राप्रपा नेपाल चाडै नै सडकमा आउने समेत उनले जानकारी दिए । पार्टीको उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियानलाई प्रभाबकारी रुपमा अघि बढाउन उनले नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । सो अबसरमा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला, केशबराज श्रेष्ठ काठमाडौं अध्यक्ष श्याम घिमिरे, महानगर अध्यक्ष दिनेश नापित लगायतले बोलेका थिए ।