Logo

ऋषि धमलाबारे हिजो बोलेको भिडिओलाई लिएर शर्मिला वाईबाले मागिन् माफी, धमलालाई सिध्याउन गिरोह लागेको खुलासा (भिडिओसहित)



काठमाडौं, २४ माघ । शर्मिला वाईबाले आफूले ऋषि धमलाबारे हिजो बोलेको अभिव्यक्ति सत्य नभएको बताएकी छिन् । उनले हिजो आफूले ऋषि धमलाबारे अलिकति बढि नै बोलेको स्पष्ट पारेकी छिन् । विवादित कुरा बोलेको भोलिपल्टै वाईबाले रमाईलो गोरेटोसँग कुरा गर्दै यस्तो स्पष्ट पारेकी हुन् ।

उनले आफूले बोलेको कुरालाई ऋषि धमलासँग माफीसमेत मागेकी छिन् । उनले भनिन्,”तपाईँले हिजोको भिडिओको कुरा गर्नुभएको होला, यो चाहीँ कस्तो हो भने हिजोको दिनमा मैले ऋषि सरको बारेमा अलिकति बढि नै बोलेको जस्तो लाग्यो, त्यसको लागि म उहाँलाई सरी पनि भन्न चाहन्छु ।”

उनले आफू र धमलाबीच व्यक्तिगत लेनदेनको कुरा भएको उल्लेख गरेकी छिन् । धमला र आफूबीच व्यक्तिगत लेनदेन र कारोबारभन्दा अरु केही नभएको उनको जिकिर छ । उनले आफूसँग कुरा गरेका पत्रकारहरुले अनेक कुरा गरेको सुनाए ।

आफूमाथि मानहानी गरिएको भन्दै उनले आक्रोशसमेत पोखेकी छिन् । उनले ऋषि धमला देशकै चर्चित पत्रकार भएको पनि सुनाईन् । वाईबाले आफू र ऋषिलाई सिध्याउने डिजाईन भएकोपनि खुलासा गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्