Logo

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता सुरु भएको छ ।

जारी भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयबारे कुराकानी भईरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री दाहाल र उनी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने बताइरहेका छन् भने सत्ता गठबन्धनभित्र राष्ट्रपति एमालेले पाउने सहमति भएको एमालेको दाबी रहँदै आएको छ।

 



प्रतिक्रिया दिनुहोस्