Logo

गगन थापाको उद्घोष : हामी एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाडछौं (भिडिओसहित)



काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराएरै छाड्ने उद्घोष गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा राष्ट्रपतिले कार्यकारीले गरेको निर्णयलाई चूनौति दिएको स्मरण गर्दै संविधान बचाउनको लागि पनि एमालेले प्रस्ताव गरेको उम्मेदवारलाई हराएरै छाड्ने चूनौति दिएका हुन् । थापाले पौष १० गते एमालेले छट्टु काम गरेको आरोप लगाएका छन्।

उनले भने, ‘पौष १० गते बिहानसम्म हामी नयाँ सरकार बनाउने तयारी थियौं तर दिउँसो एकैपटक परिदृष्य बदलियो।’ महामन्त्री थापाले त्यो दिनको कुरा कोही कसैको नलुकेको बताउँदै भने, ‘नेकपा एमालेले नेपाली कांग्रेसलाई पनि तपाईंहरु ३ बजे तयार भएर बसिराख्नुस हामी हस्ताक्षर लिएर आउछौं भनेर भनेकै हो। अनि माओवादीलाई पनि तपाईंहरु कांग्रेसलाई छोडेर आउनुस हामी प्रधानमन्त्री बनाउछौ भनेर भनेकै हो। र हामी पनि अहिले एकछिनमा एमाले आउछ भनेर बसेकै हौं। माओवादी साथीहरु पनि ढुक्क भएर गएकै हुन्। त्यो दिन नेकपा एमालेले छट्टु काम गरेकै हो।’

Photo & Video By: Mukunda Kalikote/ReportersNepal

https://www.facebook.com/RishiDhamalaOfficial/videos/571221448253386



प्रतिक्रिया दिनुहोस्