Logo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने आज अन्तिम दिन



काठमाडौं, माघ २६। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने कार्यक्रम छ ।

गत पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री रावलले संविधानतः विश्वासको मत लिईसक्नुपर्ने आज अन्तिम दिन हो । यसअघि विश्वासको मत लिन बुधबार बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखेपछि हिजो बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको थियो । नागरिक उन्मुक्तिले मत नदिने अडान कायमै राखेपछि रावल नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन्। नागरिक उन्मुक्तिले मत नदिए रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद् सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारबाही अघि बढाउने छ ।



प्रतिक्रिया दिनुहोस्