काठमाडौं, २६ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उक्त संयन्त्रको बैठक आज (बिहीबार) दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले ओलीसँग बालकोटमा पुगेर छलफल गरेका थिए ।
सो क्रममा दुई नेताबीच संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । उक्त संयन्त्रमा रास्वपाका सभापति रवि लामिछाने पनि छन् । उनी नेतृत्वको रास्वपा सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । आजको बैठकमा लामिछाने पनि सहभागी हुने बताईएको छ । सो बैठकमा राष्ट्रपतिको निर्वाचन, सुदूरपश्चिम सरकार र समसामयिक विषयमा छलफल हुने बताईएको छ । file photo