काठमाडौं, २६ माघ । सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक जारी छ। पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा राष्ट्रपतिको निर्वाचनबारे छलफल हुने बताईएको छ । आजै सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।
उक्त बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो । त्यसअघि रणनीति तय गर्न एमालेको सचिवालय बैठक बसेको हो । सरकारबाट रवि लामिछाने नेतृत्वको रास्वपा बाहिरिएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे आज चर्चा हुने नेताहरुको भनाई छ ।