Logo

एमाले सचिवालय बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे छलफल



काठमाडौं, २६ माघ । सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूनः सरकारमा ल्याउनेबारे छलफल भएको छ । आज (बिहीबार) पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा रास्वपालाई फेरि सरकारमा ल्याउनेबारे छलफल भएको हो ।

बैठकपछि कुरा गर्दै नेता प्रदिप ज्ञवालीले भने,“रास्वपाले सरकार छाडेको विषयको समिक्षा हुँदै जाला । केही प्रक्रियागत त्रुटिका कारणले समस्या उत्पन्न भएको देखिन्छ, पुस १० गते नयाँ कोर्स निर्माण गर्दा जुन ढंगले शक्तिको बाँडफाँट गरेका थियौँ । त्यसअनुसार गृह स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्यो । सरकारमा होल्ड गरिरहनुपर्थ्यो । त्यसमा असमझदारी देखियो । सरकारलाई दिएको विश्वास कायमै छ । हाम्रो तर्फबाट विश्वास कामयै राखेर सरकारमा फर्काउने कोसिस जारी छ । जसपा र नागरिक उन्मुक्तिलाई पनि सरकारमा ल्याउने क्रम जारी छ ।”

गृहमन्त्रालय नपाएपछि रास्वपाले सरकार छोडेको छ । तर, उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी भएको थियो । तर, सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेपछि उनी सांसद र गृहमन्त्रीबाट पदमुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्