काठमाडौं, माघ २७ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध नेपाल बौद्धिक पेसाकर्मी महासंघको भेला भोलि शनिबार हुने भएको छ।
पार्टी सम्बद्ध प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियरहरुको भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासंघको समिति गठन गर्ने छ।
पार्टी केन्द्रीय कार्यालयमा दिनको १ बजे हुने भेलामा महासंघका पदाधिकारी, सदस्यहरु तथा घटक संघरसंगठनका अध्यक्ष तथा पदाधिकारीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ।