Logo

गठबन्धन झन बलियो बनाउनेबारे छलफल, रास्वपा छिट्टै सरकारमा सहभागी हुने दाबी



काठमाडौं, २९ माघ । सत्ता साझेदार दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ । बालुवाटारमा बसेको संयन्त्र बैठकमा गठबन्धनलाई अझै बलियो बनाएर लैजानेबारे छलफल भएको बताईएको छ । बैठकमा सहभागी राप्रपाका अध्यक्ष एवम् उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले आगामी दिनमा गठबन्धनलाई झन् बलियो बनाएर लैजानेबारे छलफल भएको जानकारी दिए ।

उनले भने,‘‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीबारे पनि समीक्षा भयो, यस किसिमका भेटघाटलाई आगामी दिनमा कायमै राख्ने कुरा भएको छ।’’ आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको छ ।

यसअघि बसेको संयन्त्रको बैठकमा संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई सरकारमा ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । आजको बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपाका सभापति रवि लामिछाने सहभागी थिए ।

बैठकमा सरकारबाट अहिलेसम्म भएका कामकारबाहीबारे समिक्षा भएको पनि उनले सुनाए । आगामी दिनमा अझ मजबुद ढंगले सहकार्य गरेर लैजाने र नियमित रुपमा यस्ता भेटघाटलाई निरन्तरता दिने पनि समझदारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्