सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालय भोटेचौरको ६० औं वार्षिकोत्सव तथा ३७ औं अभिभावक दिवस र पूर्व विद्यार्थी मिलन समारोह बिहीवार सम्पन्न भएको छ ।
मेलम्ची नगरका नगरप्रमुख आइतमान तामाङको आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विद्यालयका अभिभावक, विद्यालय व्यवस्थापन समितिका भूतपूर्व तथा वर्तमान पदाधिकारी, प्रधानाध्यापक तथा शिक्षकहरू शिक्षाप्रेमी, समाजसेवी पूर्व विद्यार्थीहरू एवं ख्यातिप्राप्त व्यक्ति उपस्थित भएको सो कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा योगदान गर्नुहुने, विद्यालयका लागि अक्षय कोष निर्माण गर्न योगदान गर्नुहुने र शैक्षिक सत्र २०७८ मा विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको सो कार्यक्रमको विशेष अतिथिमा सो नगरकी उपप्रमुख उमा प्रधान थिइन् ।
यस्तै सो विद्यालयको शैक्षिक गुणस्तर अझ बढाउनका लागि अक्षयकोषमा धेरै चन्दा दिने दातृ संस्था तथा व्यक्तिहरूमा गाविस भवन निर्माण उपभोक्ता समिति रु दुई लाख ४५ हजार एक, कृष्णप्रसाद चौंलागाई रु दुई लाख एक, लक्ष्मण शर्मा रु. एक लाख ११ हजार एक सय ११ र विकास जबरा (काठमाडौं महानगरपालिका–५) एक लाख एक हजार छन् ।
यस्तै अन्यमा भोटेचौर पार्क निर्माण समिति, कृष्णमुरारि चौंलागाईं, मधुकुमारी कार्की, देवकुमारी चौंलागाईं, ज्ञानप्रसाद चौंलागाईं (हाल मण्डनदेउपुर), होमनाथ शर्मा चौंलागाईं, चण्डिका चौंलागाईं, दीपक चौंलागाईं, साधुराम चौंलागाईं, रामशरण चौंलागाईं, सीके चौंलागाईं, मणिराम चौंलागाईं, सुन्दर चौंलागाईं, विष्णुप्रसाद ढुंगाना, विनोद चौंलागाईं, अनीलकुमार लामा, ढकनाथ चौंलागाईं, सञ्जयकुमार श्रेष्ठ, धनबहादुर कार्की, उद्धवप्रसाद चौंलागाईं, अमृतप्रसाद चौंलागाईं, अनील चौंलागाईं, अमरबहादुर तामाङ, मित्रलाल चौंलागाईं, नवराज शर्मा, रेवतीरमण नेपाल, दीपक देउजा, लीलामणि पौडेललगायत धेरै जना छन् ।
दीपक चौंलागाईंले सञ्चालन गरेको सो कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कृष्णमुरारि चौंलागाईले ग्रहण गरेका थिए । विज्ञान र सामाजिक शिक्षा विषयक प्रदर्शनी पनि गरिएको उक्त कार्यक्रममा नगरप्रमुख आइतमान तामाङ, सो विद्यालयका प्रधानाध्यापक पदमबहादुर कार्की, जिल्ला विकास समिति (हाल विघटित) का सदस्यद्वय मित्रलाल चौंलागाई अनि बद्रीप्रसाद चौंलागाईलगायतले बोलेका थिए ।