काठमाडौं, २९ माघ । खोटाङ हलेसी सेवा समाजको सातौं साधारणसभा सम्पन्न भएको छ। खोटाङ हलेसी सेवा समाजका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा तथा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. भोजराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त सभाको पहिलो सत्रमा जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित प्रतिनिधिहरु तथा स्थानीय पालिकाहरुमा निर्वाचित प्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
उक्त कार्यक्रममा संविधानसभा सदस्य तथा हाल प्रतिनिधिसभा सदस्य सरस्वती वजिमय, काठमाडौं २ बाट निर्वाचित सोबिता गौतम, ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, ओलम्पिक कमिटी सदस्य विमला पौडेल, समाजसेवी गोविन्द भट्टराई, वैदेशिक रोजगार व्यवसायी संघका सचिव कर्णराज कटुवाल, अधिवक्ता देवराज कटुवाल, न्यायाधीश पर्शुराम भट्टराई, कागेश्वरी मनहरा नगरपालिकाका उपमेयर शान्ता थापा, प्राइम टिभीका प्रवन्ध निर्देशक गणेश थापालगायत करिब दुई सय जनाको उपस्थिति रहेको थियो ।
संस्थाको प्रतिवेदन महासचिव विजय घिमिरेले प्रस्तुत गरेका थिए । सो सभाले इन्दा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा विजय घिमिरे, दिद्धिय उपाध्यक्षमा अर्जुन गैरापीप्ले, महासचिवमा सुरेन्द्र कटुवाल, सचिवमा पर्शु कटुवाल, कोषाध्यक्षमा कृष्ण लुईँटेल, सह कोषाध्यक्षमा सुब्बा कटुवाल चयन भएका छन् । यस्तै, सदस्यहरुमा भने चन्द्रमणि घिमिरे, अमृत कटुवाल, मीन कार्की, कुमारबाबु बस्नेत, प्रेम केसी र लक्ष्मी बस्नेत रहेका छन् ।