काठमाडौं, २९ माघ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जनयुद्ध दिवसमो भोलि (सोमबार) सार्वजनिक विदा दिईएकोमा आक्रोश पोखेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ भन्दै व्यंग्य गरेका छन् ।
उनले नेपालीले नेपाली मारेकोमा दिवस मनाउने भन्दै प्रश्नसमेत गरेका छन् । उनले लेखेका छन्
जनयुद्ध दिवस?
निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ!
– नेपालीले नेपाली मारेकोमा ‘दिवस’ मनाउने?
– ४६/६२-६३ सालको आन्दोलनलाई ‘जनआन्दोलन’ भन्न मिल्छ, जतिबेला लाखौं नेपाली सडकमा निस्किए। ४/५ हजार मान्छेले लुकेर मान्छे मार्दा त्यसलाई ‘जनयुद्ध’ भन्ने?
– यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।
– ठिक छ, यति तल गिर्नै थियो, गिर्दै छौँ। रसातलमा पुग्नै आँटेका छौँ। त्यसपछि यो राष्ट्रघाती ‘विकृत अग्रगमन’ को प्रदूषणकारी बत्ती आफैँ निभ्नेछ।
अब धेरै धैर्य गर्नु नपर्ला!