काठमाडौं, १ फागुन । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबीच भेटवार्ता गरेका छन् । मन्त्री पौड्याल भेट्न विदेश सचिव आज सिंहदरबार पुगेका हुन् ।
नेपालका परराष्ट्र सचिव भरत पौड्यालको निमन्त्रणमा आज नेपाल आएका विदेश सचिव क्वात्राले राजनीतिक भेटवार्ता सुरु गरेका छन् । यसअघि उनी नेपाल–भारत विदेश सचिवस्तरीय भेटवार्तामा सरिक भएका थिए । उनी भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम