काठमाडौं, १ फागुन । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले २८औं जनयुद्ध दिवस मनाएको छ । आज काठमाडौंमा र्याली निकालेर सो पार्टीले जनयुद्ध दिवस मनाएको हो । जनयुद्ध दिवसको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदासमेत दिएको छ ।
माओवादी सशस्त्र जनयुद्धको आज २८ वर्ष पुगेको छ । जनयुद्ध दिवसको अवसरमा विदा दिईएकोबारे विभिन्न दलका नेताहरुले विरोध पनि जनाएका छन् । तर, माओवादी आन्दोलनका मूलधारमा रहेकाहरुले भने यसलाई हर्षोल्लासका साथ मनाएका छन् ।
तस्विर : मुकुन्द कािलकोटे, रिपोर्टर्स नेपाल डटकम