काठमाडौं, फागुन ३ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजकाे बैठकमा प्रेम सुवालले “सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री धुव्र बहादुर प्रधानले“सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९” पेश गर्ने सम्भावित कार्यसूचि छ।
संसद् सचिवालयका अनुसार कृषि तथा पशपुंक्षी विकास मन्त्री श्री ज्वाला कुमारी साहले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ।