Logo

लघुवित्त र सहकारीले निम्नवर्गलाई ऋणको भारी बोकाएर रसातलमा पुर्यायो : सोबिता गौतम (भिडिओसहित)



काठमाडौं, ३ फागुन । रास्वपाकी सांसद सोबतिा गौतमले लघुवित्त र सहकारीले निम्नवर्गलाई ऋणको भारी बोाएर रसातलमा पुर्याउने काम गरेको टिप्पाी गरेकी छिन् । आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘ुसुलभ कर्जा प्रवाह गरी निम्न वर्गीय मानिसलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको थियो । यसबाट केही हदसम्म वित्तीय कारोबार आममानिसको पहुँचमा पुगेको देख्न सकिन्छ । तर अत्यधिक मुनाफा आर्जनको निकृष्ट उद्देश्य राख्ने कतिपय लघुवित्त र सहकारी संस्थामार्फत निम्न वर्गीय मानिसलाई ऋणमाथि ऋण बोकाएर रसातलमै पुर्‍याउने काम भइरहेको छ।’

उनले देशको अर्थतन्त्र खस्कँदो रहेको उल्लेख गर्दै आम मानिस ऋण लिन बाध्य भएको पनि सुनाईन् । यही मौकाको फाइदा उठाएर कतिपय साहुकरले घरघरमा पुगेर बिना धितोको ऋण दिएको उनको भनाई छ । उनले राष्ट्रबैंकले सहकारी र लघुवित्त संस्थामाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्ने पनि आवाज उठाईन् ।



प्रतिक्रिया दिनुहोस्