Logo

जसपा लुम्बिनी सरकारमा सहभागी होला ?



काठमाडौं, फागुन ४ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बताएका छन् ।

जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश सरकार निर्माणमा जसपाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै केही दिनपछि सरकारमा जाने उल्लेख गरे ।

जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको जनाउँदै उनले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा सम्मानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताए ।

पहिले सिट बाँडफाँट गरेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उनको भनाइ छ । सङ्घीयतालाई मजबुत बनाउन सङ्घीय कानुन आवश्यक रहेको यादवले बताए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्