Logo

गोंगबु ल्होत्से मलको घट्नाको छानबिन गर्न समिति गठन, संयोजकमा डिआइजी खाँ



काठमाडौं, ४ फागुन । यातायात मजदुरको आन्दोलनमा नाममा ल्होत्स मलमा भएको घट्नाको बास्तविकता बुझ्नको लागि छानबिन समिति गठन भएको छ । सो समितिले उक्त घट्नाको बारेमा क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्ने जनाईएको छ ।

समितिको संयोजकमा डीआईजी मसउद आलम खाँ रहेका छन् । समितिमा डिआइजी खाँसहित पाँच सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि हिजोमात्रै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर उक्त घट्नाको बारेमा छानबिन गर्न र दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका थिए ।

समितिमा एसएसपी हिमालय श्रेष्ठ, एसपी सिताराम रिजाल, एसपी सानुराम भट्टराई र डीएसपी खुमलाल भुसाल सदस्य छन् । प्रहरीले ल्होत्स मलमा चोरी गर्नेहरुलाई हिजै पक्राउ गरी सार्वजनिक गरिसकेको छ । यस्तै, आजमात्रै १५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा अधिकांश चालक तथा सहचालकहरु रहेको पाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्