काठमाडौं, ४ फागुन । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ । यसअघि निर्वाचनको तयारी गरिसकेपनि नेतृत्वको लागि सहमतिको प्रयास गरिएको थियो । तर, अन्तिममा सहमति हुन नसकेपछि नयाँ नेतृत्वको लागि निर्वाचन गर्न लागिएको हो ।
निर्वाचनको लागि आज बिहान ९ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । अनेरास्ववियुको नेतृत्वको लागि अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन् । महाधिवेशनस्थल नेपाल प्रज्ञा भवनमा अहिले विद्यार्थीहरुको चहलपहल बढेको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम