Logo

हिडन ट्रेजरको मिस नेपालमा स्वास्थ्य सहकार्य नेपाल मेडिसिटी अस्पतालसँग



मानसिक स्वास्थ्य प्रवद्र्धन मेरो प्राथमिकतामा : मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का

काठमाडौं, ४ फागुन । मानसिक स्वास्थ्य प्रवद्र्धनलाई आफूले जहिले पनि प्राथमिकतामा राखेको मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्काले बताईन् । नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले अस्पतालमा आयोजना गरेको स्वागत कार्यक्रममा मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठ, हिडन ट्रेजर नेपालका निर्देशक प्रमोद कंशाकारलगायतका टोलीले अस्पतालको अवलोकन भ्रमण तथा अस्पतालका चिकित्सकहरुसंग साक्षात्कार गरेको थियो ।

कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ खड्काले आफूले मिस नेपालको परियोजनाअन्तर्गत मानसिक स्वास्थ्यलाई छनौट गरेको र सोही अनुसार प्रवद्र्धनका कार्यहरु गरिरहेको बताईन् । मानसिक स्वास्थ्य र समाजमा यसप्रतिको बुझाईका बीचमा धेरै समस्या रहेकोले यसमा आफूले कार्य गर्ने बताउदै स्वास्थ्यकर्मीहरुसंग सहकार्य गर्ने स्पष्ट पारिन् ।

मिस नेपाल अर्थ २०२२ ले आफू पेशाले आफू पनि चिकित्सक रहेकोले स्वास्थ्यको क्षेत्रमा अझ बढी नजिकबाट काम गर्ने बताउदै आफ्नो प्राथमिकता प्रतिरोधात्मक स्वास्थ्य रहेको बताईन् । रोग लाग्नुभन्दा रोग लाग्नै नदिनेतर्फ आफ जनमानसलाई सचेतना फैलाउने कार्यमा आफूले काम गरिरहेको र आफ्नो परियोजनाको दौरानमा आफूले फोहर ब्यवस्थापनको क्षेत्रमा कार्य गरेको बताईन् ।

कोभिडपछि मानव स्वास्थ्य अझ बढी प्राथमिकतामा परेको र आफूहरुले मिस नेपाल ब्युटी प्याजेण्टका लागि नेपाल मेडिसिटी अस्पतालसंग विगत ३ वर्ष देखि सहकार्य गरिरहेको हिडन ट्रेजर नेपालका निर्देशक प्रमोद कंसाकार बताए ।

नेपाल मेडिसिटी अस्पतालले अब उपचारका लागि नेपालीहरुलाई विदेश जान नपर्ने र विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीहरुलाई नेपालमै काम गर्ने वातावरण सिर्जना गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए ।

आफूहरुले हिडन ट्रेजरको मिस नेपालका लागि विगत लामो समयदेखि सहकार्य गर्दै स्वास्थ्य प्रवद्र्धनमा कार्य गरिरहेको र सन २०१९ को मिस वल्र्ड २०१९ मा ब्युटी विथ अ पर्पजमा विजयी मिस नेपाल वल्र्ड अनुष्का श्रेष्ठका लागि सिन्धुपाल्चोकको सोल्सिङ्ग गांउमा स्वास्थ्य सेवामा सहकार्य गरेको स्मरण गराए ।

हिडन ट्रेजरले यस वर्षका लागि मिस नेपाल छनौट गर्ने क्रममा बिरगंज अडिसनका लागि आएको र अडिसनमा निःशुल्क रुपमा भाग लिन सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्