Logo

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै



काठमाडौं, फागुन ५ । नेकपा (एमाले)को मिसन ग्रासरुट नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान आजदेखि सुरु गर्दैछ।

अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्नेछन्। त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ।

आजको बैठकमा अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन्।

एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ। गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेको थियो।

 



प्रतिक्रिया दिनुहोस्