काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू १९९०/९२ तिर अमेरिका जाँदा ट्याक्सी ड्राइभरलाई अमेरिकामा कम्युनिष्ट छन् कि छैनन् ? भनेर सोध्दा ती ड्राइभरले कम्युनिष्टलाई गाली गरेको घट्ना स्मरण गराएका छन् ।
पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी बैठकमा बोल्दै उनले यस्तो स्मरण गराएका हुन् । उनले भने,‘ती ड्राईभरले गाली गरेको गरे, सुनेर मेरो कान थाक्लाजस्तो भयो, अमेरिकामा कम्युनिष्टप्रति नकारात्मक सोच छ । नेपालमा मलिलो भूमी छ । हामी अल्छी भएका छौं । अनि कसरी हुन्छ ?’
उनले देशको राजनीतिक कोर्स बदल्नुपर्नेमा जोड दिए । उनले नेपाली जनतामा चेतना र जागरुकता ल्याउनुपर्ने बताए । यसको लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने जिकिर गरे । उनले विश्वमा असम्भव भन्ने चिज नै नभएको सुनाए । सबै विद्यार्थीले संघर्षको लागि आफूलाई प्रयत्नशील बनाउनुपर्ने नेपालको शुभकामना छ ।
उनले विद्यार्थी संगठनलाई एक नम्बरमा पुर्याउन पनि आग्रह गरे । उनले अहिलेको सत्ता गठबन्धनमा अचम्महरुको गठबन्धन रहेको सुनाए । उनले सो गठबन्धनमा संविधान मान्ने र नमान्नेहरुपनि रहेको टिप्पणी गरे । file photo