काठमाडौं, ८ फागुन । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले नेपालमा राष्ट्रपति निर्वाचनमा सहमति खोजिने प्रस्तावलाको समर्थन गरेका छन् । उनले राष्ट्रपतिमा दलमा आवद्ध नभएकाहरुलाई अघि सार्दा राम्रो हुने भन्दै केही नाम अघि सारेका छन् ।
उनले राष्ट्रपतिमा देवेन्द्रराज पाण्डे, प्रा.डा. लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम सुझाएका छन् । नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै मुनको यस्तो धारणा सार्वजनिक भएको हो ।
पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा साझा व्यक्तित्व खोज्ने बताउँदै आएका छन् । एमाले र कांग्रेसले भने आ–आफ्नो दलका उम्मेदवार अघि सार्ने तयारी गरेका छन् ।
Demand in Nepal for a consensual new President sounds valid. Non-partisan persons of impeccable integrity and political sensitivity like Davendra Raj Pandey, Prof Baral, Daman Dhungana, Anuradha Koirala deserve to be considered by the political class.
— SUKH DEO MUNI (@SDMUNI) February 20, 2023