Logo

दलभन्दा बाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा उभिए शेखर कोइराला



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलभन्दा बाहिर रहेका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने धारणा अघि सारेका छन् । कांग्रेसमा राष्ट्रपतिको लागि रामचन्द्र पौडेल अघि सरिरहेको बेलामा नेता कोइरालाको यस्तो भनाई आएको हो । आज (मंगलबार) सिन्धुलीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्तो धारणा बाहिर ल्याएका हुन् ।

पछिल्लो समय राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रमुख दलका शीर्ष नेताहरुबीच रस्साकस्सी चलेको छ । एमालेले राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने तयारी गरेको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भने कांग्रेसलाई राष्ट्रपति दिएर आफ्नो सत्ता लम्ब्याउने खेलमा छन् ।



प्रतिक्रिया दिनुहोस्