Logo

राष्ट्रपतिमा नाम चर्चामा रहेका माधव नेपालले भने–मैले नै के गर्ने भनेर सोचिसकेको छैन



काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिले के गर्ने भन्नेबारे कुनै कुरा सोचिनसकेको दाबी गरेका छन् । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटवार्ता भएको र राष्ट्रपतिमा ओलीले उनको नाममा सारेको चर्चा छ । तर, नेपालले भने आफूले अहिले त्यसबारेमा केही नसोचेको जवाफ दिएका छन् ।

आज (मंगलबार) दाङमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले एमालेबाट राष्ट्रपति बन्न आएको प्रस्तावबारे नकारेनन् । तर, त्यसका लागि उनले बृहत्त छलफलको आवश्यकत्ताता औंल्याए ।

नेता नेपालले,‘अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चा–परिचर्चाहरू धेरै छन् । कुनै टुंगो लागेको छैन । चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा भने पावर शेयरिङमा हाम्रो भूमिका हुनुपर्दछ ।’ file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्