Logo

माधव नेपाल र केपी ओलीबीच भेटवार्ता नै नभएको मेटमणिको दाबी



काठमाडौं, ९ फागुन । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको प्रस्ताव नआएको दाबी गरेका छन् । उनले कोहीपनि भ्रममा नपरौं भन्दै फेशबुकमार्फत यस्तो लेखेका छन् । उनले समय समयमा यस्ता अफवाहहरु हआउने र समयक्रममा त्यो हराएर जानेपनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘भ्रममा नपरौं। हिजोदेखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट । समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ । यसैले कसैले पनि भ्रममा नपरौ । मिडियामा आएको कुनै पनि समाचारमा आाधिकारिकता छैन ।’



प्रतिक्रिया दिनुहोस्