Logo

९ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन



काठमाडौं, फागुन १० । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कबिहिन रहेका नेपाल प्रहरीका नौ जना कर्मचारीलाई हाजिर हुन सात दिन भित्र प्रहरी सम्पर्कमा आउन निर्देशन दिएको छ ।

एक सार्वजनिक सूचना जारी गरी पछिल्लो समयमा सम्पर्कबिहिन रहेका ९ जना प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको हो ।

गत कात्तिकदेखि जानकारीबिना हाजिर नभएका ९ जनाका नाममा सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र सम्पर्कमा आउँन जारी सुचनामा उल्लेख छ । सन्तोषजनक स्पष्टीकरणसहित हाजिर नभए सेवाबाट हटाइने नेपाल प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्