Logo

कैयौं लघुवित्त संस्थाहरुको कारण गरिबीमा थरेका जनता झन थला परे : गगन थापा (भिडिओसहित)



काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले कैयौं लघुवित्त संस्थाहरुको कारण गरिबहरु झन गरिबीमा थला परेको बताएका छन् । आजको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । लघुवित्त संस्थाले अनुचित नाफा कमाउनको लागि जेपनि गरेको आरोप लगाए ।

उनले भने,‘अनुचित नाफा कमाउनको लागि जेपनि गर्ने लघुविक्त संस्था, तत्कालको गर्जो टार्नको लागि जहाँपनि ऋण लिन हात थाप्ने जनता देखिएकाले समस्या भएको छ ।’ उनले वित्तिय साक्षरतालाई तल्लो तहसम्म लैजानुपर्नेमा जोड दिए । उनले राष्ट्र बैंकले तत्काल राम्रो पहलकदमी लिनुपर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्