Logo

चिनियाँ राजदूतको दौडधुप बढ्दो, प्रचण्डलगत्तै माधव नेपालसँग भेटवार्ता



काठमाडौं, १० फागुन । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज विहानमात्रै उनले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । त्यसपछि उनले माधव नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेट गरेका हुन् ।

चिनियाँ राजदूतसँगको भेटबारे जानकारी दिँदै माधव नेपालको सचिवालयले लेखेको छ-

शिष्टाचार भेट! नेपालका लागि नवनियुक्त चिनीयॅा राजदूत महामहीम Chen Song ले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष माननीय माधवकुमार नेपालसॅग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कोटेश्वर स्थीत अध्यक्ष नेपालको नीजि निवासमा आज दिउॅसो भएको भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो भने महामहीम राजदूतले राजदूतको रूपमा नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहॅाहरूबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भयो । नीजि सचिवालय १० फाल्गुण, २०७९



प्रतिक्रिया दिनुहोस्