Logo

न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सन्दीपको मुद्दाको पेशी



काठमाडौं, फागुन १२ ।  प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवदेनमाथि आज सुँनुवाइ हुँदैछ ।

मुद्दाको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा परेको छ । उच्च अदालत पाटनको आदेशमा भएको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

नाबालिग बलात्कारको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने गत पुस २८ गते उच्च अदालत पाटनको आदेश बमोजिम २० लाख धरौटी तिरेर रिहा भएका थिए ।



प्रतिक्रिया दिनुहोस्