Logo

राष्ट्रपतिको निर्वाचन : रास्वपा अझै पर्ख र हेरको रणनीतिमा



काठमाडौं, १३ फागुन । रास्वपा राष्ट्रपतिको निर्वाचनमा कुन कित्तामा उभिने भन्नेबारे अझै निर्णयमा पुगेको छैन् । रास्वपाले आज साँझसम्म एउटा निश्कर्षमा पुग्ने जनाएको छ । नेकपा (एमाले) सरकारबाट बाहिरिनेमात्रै नभएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको बेला रास्वपाले भने अहिले कुनै निर्णय लिने संकेत गरेको छैन् ।

रास्वपाका सभापति रवि लामिछाने बालुवाटारसँग पनि नियमित सम्पर्कमा रहेकोले रास्वपाले यसै गर्छ भनेर अहिले भन्न सकिने अवस्था नभएको जानकारहरुको टिप्पणी छ ।

राष्ट्रपतिको निर्वाचनको लागि आज उम्मेदवारी दिने कार्यतालिका छ । उम्मेदवारीको लागि अहिले विहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । त्यसअघि दलहरु आन्तरिक तयारी र बैठकमा व्यस्त छन् ।

नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने भनेर हिजो बालुवाटारमा ८ दलले निर्णय गरिसकेका छन् । कांग्रेसले अहिले केहीबेरमा राष्ट्रपतिको उम्मेदवार तय गर्दैछ । file photo



प्रतिक्रिया दिनुहोस्