काठमाडौं, फागुन १३ । आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो ।
गठबन्धनबाट नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ । कांग्रेसले आज वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
आज विहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।