Logo

राष्ट्रपतिमा रामचन्द्रलाई सबै दलको समर्थन जुटाउने प्रयास, दिपक खड्का सक्रिय



काठमाडौं, १३ फागुन । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलको समर्थन जुटाउने प्रयास थालेका छन् । पौडेलले आफूलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि साथ दिने विश्वास व्यक्त गरेका छन् ।

उनले ओली आफ्नो पूरानो साथी र जेलमा सँगै बसेको स्मरण गराउँदै राष्ट्रपतिमा आफूलाई सघाउने दाबी गरेका छन् । यसको अलावा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउनुअघि पौडेलले लामिछानेसँग भेटवार्ता गरेका हुन् रास्वपाका सभापति लामिछानेसँग भेटवार्ता गराउन कांग्रेस नेता दिपक खड्काले पहल गरेका हुन् ।

खड्काले पौडेललाई सबै दलको समर्थन हुने विश्वास व्यक्त गरेका छन् । पौडेललाई कांग्रेस, माओवादी केन्द्रसहित विभिन्न आठ दलको समर्थन छ ।



प्रतिक्रिया दिनुहोस्