काठमाडौं, फागुन १५ । संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रिय विपति र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलीकप्टर नचढ्ने बताएका छन् ।
देशको बिभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलीकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा नगएको बताउँदै उनले ऋणमा हेलीकप्टर चार्टर गरेको हेलिकप्टरमा चढेर कार्यक्रममा गए खोला खोल्सीहरुमा दुध नबग्ने र माटोमा सुन नफल्ने बताएका छन् । घाँटी हेरेर हाड निलौ सामाजिक देखासिखि र विलासिता अन्त्य गरौ भन्दै उनले आफूलाई हेलिकप्ट चार्टर गरेका कार्यक्रममा नबोलाउन समाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।