Logo

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्ड अर्को तयारीमा



काठमाडौं, १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले समिकरण बदलेपछि एमालेले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । आज बसेको सचिवालय बैठकले एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भने अब विश्वासको मत लिनुपर्ने भएको छ । हिजोमात्रै राप्रपापनि सरकारबाट बाहिरिएको हो । यसअघि नै रास्वपा सरकारबाट बाहिरिएको थियो । राप्रपाले पनि आजै समर्थन फिर्ता लिने निर्णय गर्दैछ । रास्वपाको पनि समर्थन कायमै छ । अहिले जारी बैठकले समर्थन फिर्ता लिनसक्ने रास्वपाका नेताहरुको दाबी छ ।

प्रधानमन्त्री दाहालले संसद्मा ९९ प्रतिशत विश्वासको मत पाएका थिए । एमाले, राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले छिट्टै विश्वासको मत लिने तयारी गरेका छन् । यसको लागि उनले आजै कांग्रेस, जसपा र नेकपा (एकीकृत समाजवादी) को नेताहरुसँग छलफल गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्