Logo

एकीकृत समाजवादीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने, सरकारमा सहभागिताबारे अन्यौल



काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सम्पन्न भएको छ । सो बैठकले राष्ट्रपतिमा कांग्रेससहित आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले यस्तो निर्णय गरेको जानकारी दिए ।

उनले भने,‘हाम्रो पार्टीको केन्द्रीय सचिवालयको ५१ औं बैठक आज बस्यो। यो बैठकले एक मात्र निर्णय गरेको छ । राष्ट्रपति पदका ८ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई हाम्रो पार्टीले मतदान गर्नेछ भन्ने निर्णय भयो ।’

सरकारमा जानेबारे भने कुनै निर्णय नभएको उनको भनाई छ । एकीकृत समाजवादीमा राष्ट्रपतिमा मतदान गर्ने विषयमा दुई धार छ । सम्मानित नेता झलनाथ खनालले एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्ने संकेत गरेका छन् ।  file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्